७३ जनाले कोरोना जिते

नेपालगञ्ज – बाँकेमा बुधबार ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । १४ दिन आइसोलेसनमा बसेपछि उनीहरु निको भएर डिस्चार्ज भएका हुन् ।
ठूलो संख्यामा डिस्चार्ज हुने क्रममा अदालतसम्बद्ध एक दर्जन रहेका छन् । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु रहेका छन् । डिस्चार्ज हुनेमा नेपालगञ्ज, कोहलपुरका धेरै छन् ।
योसँगै जिल्लामा एक हजार तीन सय ३७ जना डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा तीन सय २६ जना रहेका छन् । जिल्लामा एक हजार ६ सय ७४ जनालाई कोरोना लागेको छ । सुर्खेत निवासी कैदीलाई समेत जोड्दा बाँकेमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा चार जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !