बर्दियाका कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुरमा उपचारको क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बर्दिया ठाकुरबाबाका ६४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिनुभयो ।
योसँगै बाँकेमा आएर उपचारको क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो । बाँके निवासी १० जनाको कोरोनाबाट मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !