बाँकेमा थपिए ५२ जना

नेपालगञ्ज – बाँकेमा सोमबार ५२ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा ५२ जना संक्रमित थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भेरीमा ४३ जना, मेडिकल कलेजमा ८ जना र बागेश्वरी ल्याबमा एकजनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएकाहरु नेपालगञ्ज, कोहलपुर र बैजनाथ गाउँपालिका रहेका छन् । कोहलपुरका दुई र बैजनाथमा एकजना रहेका छन् ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ५१ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !