भण्डारीलाई सिड्नीबाट विद्यार्थीको सहयोग

सहयोग पठाउने सिड्नीमा रहेका विद्यार्थीहरु ।

नेपालगञ्ज – दुर्घटनामा परेर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य ललितसिंह भण्डारीको उपचार सहयोगार्थ अष्टे«लियामा रहेका नेपाली विद्यार्थीले सहयोग गरेका छन् ।
अष्टे«लियाको सिड्नीमा द नेक्स्ट राइजिङ क्रिकेट क्लव बनाएका नेपाली विद्यार्थीहरुले खाजा खर्च कटाएर भण्डारीको उपचारमा १७ हजार सहयोग पठाएका हुन् । नेपाली विद्यार्थीले नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान एलबी क्षेत्रीमार्फत सहयोग पठाएका छन् । पूर्वकप्तान क्षेत्रीले रकमलाई क्रिकेट खेलाडी संघ नेपालको खातामा जम्मा गरिसक्नु भएको छ ।
सिड्नीको द नेक्स्ट राइजिङ क्रिकेट क्लवमा पूर्वकप्तान क्षेत्रीका छोरा प्रतिक क्षेत्रीलगायत हुनुहुन्छ । विद्यार्थीहरुले आफ्नो खर्च कटाएर सहयोग पठाउनुलाई सकारात्मक रुपमा लिनुपर्ने पूर्वकप्तान क्षेत्रीको भनाई छ ।
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनु भएका भण्डारीको काठमाडौंमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !