२१ प्रहरीसहित ६० जना डिस्चार्ज

नेपालगञ्ज – ठूलो संख्याका प्रहरीसहित ६० जनाले कोरोना जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले २१ जना प्रहरीसहित ६० जना डिस्चार्ज भएको जानकारी दिनुभयो । प्रहरीहरु सबैजसो जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत हुन् ।
योसहित जिल्लामा डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ९२ पुगेको छ । अहिले आइसोलेसनमा ३ सय ४५ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !