कोरोनाबाट नेपालगञ्जमा ४५ वर्षीयको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोना संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा उपचारत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको दुवैतिरको फोक्सोको निमोनिया थियो । भदौ ३१ गते कोरोना प्रमाणित भएका ४५ वर्षीय बिहीबार ५.१० बजे मृत्यु भएको हो ।
यो सँगै बाँकेमा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !