परामर्श केन्द्र सञ्चालन

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जको समन्वयमा व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उक्त सेवा केन्द्रको मंगलबार रिवन काटेर उद्घाटन गर्नुभयो । सेवा केन्द्रबाट नयाँ व्यवसायी एवं करदाताहरुका लागि बार्षिक बीस लाखसम्म ब्याबसायी कारोबार गर्ने (डे वान फारम भर्ने ) कर चुक्ता प्रमाण पत्र, प्यान नम्बर लिनको लागि अनलाइन फारम भर्ने जस्ता काम गरिन्छ ।
बहुसंख्यक सेवाग्राहीको सहजता एवं छिटोछरितोका लागि पहिलो पटक उक्त सेवा सञ्चालन गरिएको भन्दै अध्यक्ष मन्सुरीले बढि भन्दा बढि सेवाग्राहीलाई लाभ उठाउन अनुरोध गर्नुभयो ।
यसअघि यी सेवा लिनका लागि सेवाग्राहीलाई समस्या हुने भए पनि अब भने छिटो र छरितो हुने गरी काम हुने महासचिव चिरञ्जीवी ओलीको भनाई छ । उक्त सेवा सञ्चालनका लागि संघले कर्मचारी खटाएको छ ।
पहिलो दिन सेवा लिन आएका सेवाग्राहीलाई संघले सम्मान एवं स्वागत गरेको छ । कोभिड महामारीका बेला सामाजिक दुरी समेत कायम गरी गरिने सेवाप्रवाहबाट व्यवसायीहरु खुसी हुने अपेक्षा गरिएको छ ।
करदाता सेवा केन्द्र उद्घाटन कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्त टंकबहादुर धामीलगायत कार्यसमिति सदस्य एंव कर्मचारीहरुको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !