४२ जना थपिए

नेपालगञ्ज – बाँकेमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जले निकालेको विवरणमा जिल्लाका विभिन्न ठाउँका ४२ जनामा कोरोना पुष्टि भएको छ ।
ठूलो संख्यामा कोरोना संक्रमित पुष्टि हुँदा प्रहरी, वडा नं. ९ र १० नम्बरका धेरै रहेका छन् । अस्पतालले दुई सय जनाको परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
सरकारले लक्षण चिन्ह देखिएकालाई मात्रै पीसीआर जाँच गर्ने नयाँ रणनीति ल्याएकाले अबका दिनमा भने ठूलो संख्यामा कोरोना देखिने संभावना कम हुने देखिएको छ । किनकी, जसले पायो त्यसको पीसीआर जाँच हुँदैन ।


error: यो सुविधा उपलब्ध छैन !