४२ जना डिस्चार्ज

नेपालगञ्ज – भदौ १६ गते कोरोना पोजिटिभ देखिएका ४२ जना डिस्चार्ज भएका छन् ।
कोरोना देखिएपछि विभिन्न आइसोलेसनमा बसेका उनीहरुलाई निको भएको मानेर घर पठाउन थालिएको हो । किनकी, उनीहरुमा लक्षण चिन्ह देखिएको छैन ।
डिस्चार्ज हुनेमा पत्रकार, प्रहरीलगायत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोलकलपर्सन नरेश श्रेष्ठले मंगलबारको समेत गरेर एक हजार ७८ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । जिल्लाका विभिन्न आइसोलेसनमा ३ सय ८३ जना बसिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !