रेडपाण्डाको छालासहित चार पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
बाँकेको गाभरमा रहेको एक होमस्टेबाट प्रहरीले विहान रेडपाण्डाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले रेडपाण्डाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । दुर्लभ वन्यजन्तु मानिने रेडपाण्डाको छालाको मोलमोलाई हुँदा प्रहरी पुगेको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !