आइसोलेसनमा ४ सय २० जना
नेपालगञ्ज – बाँकेको आइसोलेसन सेन्टरमा बस्नेको संख्या ४ सय २० पुगेको छ ।
कोरोना संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने गरिन्छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले ४ सय १५ जना बाँके र ५ जना बाहिरका गरी आइसेलेसनमा ४ सय २० जना रहेको जानकारी दिनुभयो ।
आइसोलेसनमा पुग्ने र निको भएर घर जाने क्रम चलिरहेकै छ । आइतबार आइसोलेसनबाट १२ जना बाहिरिदै छन् । उनीहरु निको भएर जान थालेका हुन् । टेलिकम र बैकर्सहरुसहित विभिन्न वडाका उनीहरु डिस्चार्ज भएका छन् । अन्य नेपालगञ्जका विभिन्न वडाका छन् ।
फोकलपर्सन श्रेष्ठका अनुसार, अहिलेसम्म ९ सय ९६ जना डिस्चार्ज भएका छन् । एक हजार चार सय १९ जना संक्रमित भएका छन् ।