एकैदिन आए, एकैदिन गए

नेपालगञ्ज – बाँकेबाट बुधबार ७७ जना डिस्चार्ज भएका छन् ।
नेपाली सेनाको कौशिलानगर ब्यारेकका ५१ जना सेनासहित ७७ जना डिस्चार्ज भएका हुन् । एकै दिन ठूलो संख्यामा आइसोलेसनमा आएका उनीहरु एकै दिन घरतिर लागेका छन् । ७७ जना भदौ १० गते पोजिटिभ भएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार जिल्लमा अहिलेसम्म ९ सय १५ जना डिस्चार्ज भएका छन् ।
कोरोना पोजिटिभ देखिएको १४ दिनपछि स्वतः घर पठाउने भएकाले एकैलटमा पोजिटिभ देखिएकाहरु एकैलटमा डिस्चार्ज हुने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !