अर्घाखाँचीका कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज – बाँकेमा उपचार गर्न आएका कोरोना संक्रमितको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा घाइते भएका अर्घाखाँचीका ४२ वर्षीय पुरुषमा कोरोना देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचार गर्न ल्याइएको थियो । मृतक टिप्पर चालक हुन् ।
भदौ ४ गते युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना हुनु भएका ४२ वर्षीय पुरुषको भोलीपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । थप उपचारका लागि ११ गते मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो ।
अस्पतालका अनुसार, सिभियर निमोनिया रहेका ४२ वर्षीयको आज विहान ९.२० बजे मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउदा मृत्यु हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि कैलाली र अछामबाट आएका बिरामीको मृत्यु भएको छ । बाँके निवासी भने ७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !