कोरोनाबाट घलेको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट अर्का व्यक्तिको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको हो ।
मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र ५ वर्षदेखि मुटुरोगको समस्या थियो । भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि भोलीपल्ट कोरोना जाँचका लागि स्वाव लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि घले आफैले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बस्नु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारको क्रममा आज ८.३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !