१३ जना घर जादै

 

नेपालगञ्ज – बाँकेमा १३ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा आठ जना कोहलपुरका छन् । भदौ ३ गते आइसोलेसनमा पुगेका उनीहरु आज घर जादैछन् । उनीहरु विभिन्न आइसोलेसनमा बसेका थिए ।
बाँकेमा कोरोना देखिनेको संख्या बढ्दै गर्दा घर जानेहरु पनि बढिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले ७ सय ५९ जना निको भएर घर गएको जानकारी दिनुभयो । ३ सय २० जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !