डाक्टर र आर्मीसहित ३३ जनामा कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा परीक्षण गरिएका ३५ जनामा कोरोना देखिएको छ । त्यसमा ३३ जना बाँकेका छन् । दुई जना बर्दियाका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, दुई जना डाक्टर, ६ जना आर्मीसहित ३३ जना थपिएका छन् । भेरी अस्पतालका डाक्टर र राँझा ब्यारेकका आर्मी परेका छन् ।
नेपालगञ्ज, कोहलपुर, जानकी र खजुरामा कोरोना देखिएको हो । कोहलपुरका सात, जानकीका ११ जना, खजुराका एकजना र अरु नेपालगञ्जका छन् । बर्दियाको मधुवन र राजापुरका एक एक जनामा कोरोना देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !