अपहरित बालकको उद्धार, अपहरणकारी पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले अपहरणमा परेका बालकको उद्धार गरेको छ ।
खजुराका १३ वर्षीय बालक अस्ती अपहरणमा परेका थिए । प्रहरीले आज उद्धार गरेको हो । केही अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकलाई अपहरण गरेर दश लाख रुपैया फिरौती मागेको बुझिएको छ ।
बालक अस्ती अपहरणमा परेका थिए । प्रहरीलाई हिजो खबर आएको थियो । प्रहरीले रातभरी अप्रेसन चलाएको थियो । खबर आएको चौविस घण्टामै प्रहरीले अपहरित बालकलाई उद्धार गर्न सफल भएको छ ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बालकको उद्धार भएको पुष्टि गर्दै अन्य अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीले प्रेस मिट गरेर घटनाको सार्वजनिक गर्ने तयारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !