कोरोनाबाट बृद्धाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा अर्का व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
नेपालगञ्ज–७ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा बृद्धाको मृत्यु भएको हो । महिलालाई निमोनिया थियो । विरामी भएपछि भदौ ३ गते बृद्धा मेडिकल कलेजमा भर्ना भएकी थिइन् । त्यही दिन स्वाव संकलन गरिएको थियो । भदौ ५ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । स्वास्थ्य स्थिति बिग्रिदै गएपछि ६ गते नेपालगञ्जबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजमा आज विहान ११ बजे ५० मिनेटमा मृत्यु भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा यसअघि नेपालगञ्ज, नरैनापुर, बैजनाथ, कोहलपुरका गरी पाँच जनाको कोरोनाबाट मृत्यु भइसकेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !