किन समातिए वडाध्यक्षका छोरा ?

नेपालगञ्ज – बाँके प्रहरीले प्रितम लामालाई पक्राउ गरेको छ । उनी नेपालगञ्जमा एकजना वडाध्यक्षको छोरा हुन् ।
एक वर्षअघिको चोरी मुद्दामा प्रहरीले २६ वर्षका प्रितमलाई पक्राउ गरेको हो । चोरी मुद्दामा प्रितमलाई अदालतले ६ महिना कैद र ५ हजार जरिवाना तोकेको छ ।
प्रहरीले प्रितमलाई बुलबुलिया चोकबाट नियन्त्रणमा लिएको हो । बाँके प्रहरीले फैसला कार्यान्वयन गर्ने क्रममा फरार अभियुक्तहरुको खोजीलाई तिब्रता दिएको छ । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्दै अदालतमा बुझाउने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !