नेपालगञ्जका १५, कोहलपुरका ७ जना घर फिर्ता

नेपालगञ्ज – बाँकेमा विभिन्न आइसोलेसन सेन्टरबाट बिहीबार २२ जना घर जादैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले २२ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । डिस्चार्ज भएकाहरु घर जाने तयारीमा छन् ।
साउन २९ गते महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकासहित २२ जनामा कोरोना देखिएको थियो । २२ जनामा नेपालगञ्जका १५ र कोहलपुरका सात जना थिए । एकै दिन कोरोना देखिएका उनीहरु एकै दिन घर जादैछन् ।
बाँकेमा बिहीबारसम्ममा ६ सय ८२ जना डिस्चार्ज भएका छन् । संक्रमितको संख्या ९ सय २० पुगेको छ । २ सय ३३ जना आइसोलेसनमा छन् ।


error: यो सुविधा उपलब्ध छैन !