नेपालगञ्ज र कोहलपुरमा ६ जना थपिए

नेपालगञ्ज – बाँकेमा सोमबार ६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भेरी अस्पतालमा चार र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा दुई जना संक्रमित पुष्टि भएको जानकारी दिनुभयो ।
पोजिटिभ देखिनेमा नेपालगञ्ज तीन र कोहलपुरमा दई र एकजना बाँकेमात्रै ठेगाना लेखेका छन् । कोहलपुरको वडा नं. ११ का दुई जना, नेपालगञ्जका वडा नं. १० का दुई जना र वडा नं. ११ का एकजना रहेका छन् । एकजनाको ठेगाना बाँकेमात्रै लेखिएको छ ।
योसँगै जिल्लामा संक्रमितको संख्या ८ सय ३५ पुगेको छ । त्यसमा ६ सय २८ जना निको भएर घर गइसकेका छन् । दुई सय तीन जना उपचारमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !