बायर्न भर्सेस पीएसजी : कसले जित्ला उपाधी ?

नेपालगञ्ज – च्याम्पियन्स लिगको आज आइतबार राती उपाधी भिडन्त हुँदैछ । यो युरोपको सर्वाधिक ठूलो क्लव फुटबल प्रतियोगिता हो ।
नेपाली समय अनुसार राती १२.४५ बजे बुन्डेस लिग च्याम्पियन वायर्न म्यूनिख र फ्रेन्च लिगवान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) का बीच फाइनल भिडन्त हुँदैछ । पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने फाइनलमा वायर्नले छैठौ र पीएसजीले पहिलो पटक च्याम्पियन लिगको उपाधी जित्ने होडमा रहेका छन् ।
बार्सिलोनालाई ठूलो गोल अन्तरले पराजित गरेको वायर्न उच्च मनोबलका साथ रहेको छ । उसले सेमिफाइनलमा लियोनलाई पराजित गरेको थियो । वायर्नमा रोबर्ट लेवान्डोस्की, थोमस मुलर गोल मेसिनका रुपमा रहेका छन् ।
सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जीत निकालेर फाइनलमा पुगेको पीएसजीमा नेयमार, एमबाप्पे र डी मारियाजस्ता स्टार रहेका छन् ।
दुवै क्लव स्टार खेलाडीले भरिएका छन् । विश्वकप पछि ठूलो राशीको प्रतियोगिता च्याम्पियन लिगको उपाधी कसको जित्छ, त्यो हेर्न राती सवा दुई बजेसम्म पर्खिनै पर्ने हुन्छ । (एजेन्सीको सहयोग)


error: यो सुविधा उपलब्ध छैन !