संक्रमित आइसोलेसनमा नजादा छिमेकीलाई तनाव

नेपालगञ्ज – नेपालगञ्जको घरबारीटोलका चार जना कोरोना संक्रमितलाई आइसोलेसनमा लगिदिन छिमेकीहरुले माग गरेका छन् । उनीहरुले स्वास्थ्यकर्मीलाई तारान्तार फोन गरिरहेका छन् ।
एकजना स्वास्थ्यकर्मी भन्छन्, ‘आज विहान नै दुई-तीन पटक फोन आइसक्यो । हिजोदेखि फोन आइरहेको छ ।’ शुरुमा कोरोना संक्रमित चुप लागेर घरमा बसे । उनैका नातेदार थप तीन जनालाई कोरोना पुष्टि भएपछि अझ आपत प¥यो । ‘एक कान, दुई कान मैदान’ भनेझै छिमेकीहरुले थाहा पाए । स्वास्थ्यकर्मीले फोन गर्दा उनीहरुको मोबाइल अफ थियो ।
हुन त उनीहरुलाई कहाँ राख्ने चिन्ता पनि रहेछ । वडाध्यक्ष सुनिलसिंह हमालका अनुसार, शुरुमा गुपचुप राख्न खोजिएको रहेछ । कुरा बाहिर आयो । टोलामहोलाको कुरा बाहिर आइहाल्छ नि । कुरा बाहिर आएपछि आज आइसोलेसनमा पठाउने प्रयास गरिरहेका छौं ।
चार जनामध्ये एकजना अलि पहिला पोजिटिभ आएका हुन् । तीन जनाको रिपोर्ट हिजोमात्रै आएको थियो । नेपालगञ्जमा पोजिटिभ रिपोर्ट आएपछि लुक्ने, भाग्ने, घरमै बस्ने गर्न थालिएको छ । घरमै सुरक्षित बसेर हुन्छ भने स्वास्थ्यकर्मीले अनुगमन गरेर बस्न दिनु पर्ने आवाज उठ्न थालेको छ ।


error: यो सुविधा उपलब्ध छैन !