त्रिभुवनचोक र राजश्वका कर्मचारी कोरोनामुक्त

नेपालगञ्ज – त्रिभुवनचोकका १६ र आन्तरिक राजश्व कार्यालयका दशसहित ३० जना आज डिस्चार्ज भएका छन् । उनीहरु घर जादैछन् ।
त्रिभुवनचोकमा मिठाई पसलमा काम गर्ने व्यक्तिमा कोरोना देखिएपछि पसलमा आएकाहरुलाई जाँच गर्दा एकै दिन १६ जनामा कोरोना देखिएको थियो । यता, आन्तरिक राजश्व कार्यालयमा कर अधिकृतलाई कोरोना देखिएपछि अरुलाई जाँच गर्दा एक दर्जन व्यक्तिलाई कोरोना देखिएको थियो ।
साउन १५ गते कोरोना देखिएका त्रिभुवनचोक आसपासका १६ जना, आन्तरिक राजश्व कार्यालयका १० सहित ३० जना आज डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
समुदायमा एकैपटक धेरै मानिसमा कोरोना देखिंदा नेपालगञ्जमा निषेधाज्ञा जारी गरियो भने त्रिभुवनचोक एरियालाई केही दिन सील गरिएको थियो । यीसँगै बाँकेमा डिस्चार्ज हुनेमो संख्या ४ सय ३५ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !