दुई डाक्टर, तीन प्रहरीसहित १५ जना संक्रमित

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सकसहित बाँकेमा १५ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जले सोमबार दिउँसो सार्वजनिक गरेको विवरणमा दुई चिकित्सक, प्रहरीसहित १५ जना बाँके, दुई कैलाली, बर्दिया, सल्यान र दाङका एक÷एक जना रहेका छन् । वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट स्वाव लिइएका चार जनामध्ये तीन प्रहरीलाई कोरोना पुष्टि भएको छ । हिजो वडा प्रहरी कार्यालयका २९ जनालाई कोरोना भएको थियो ।
नेपालगञ्जमा कोरोना संक्रमित बढ्दै गर्दा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्न भ्याइ नभ्याई भएको छ । संक्रमितहरु पनि कतिपय लुक्ने, भाग्ने र सम्पर्क नआउने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !