प्रतिनिधित्वमूलक जाँचमा ८१ जना संक्रमित

नेपालगञ्ज – बाँकेमा सबै ठाउँको प्रतिनिधित्व हुने गरी विभिन्न ठाउँमा गरिएको ‘¥यान्डम स्याम्पलिङ’ ८१ जना संक्रमित फेला परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ‘¥यान्डम स्याम्पलिङ’ मा ३४ जना र उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्दा ४७ जना संक्रमित भेटिएको हो ।
संख्यामा हेर्दा ‘¥यान्डम स्याम्पलिङ’मा दुई हजार दुई सय दुई जनाको परीक्षण गरिएको थियो भने उनीहरुको सम्पर्कमा रहेका एक हजार एक सय ३६ जनाको परीक्षण गरिएको थियो । फोकलपर्सन श्रेष्ठले तीन हजार तीन सय ३८ जनाको स्याम्पल जाँच गर्दा ८१ जना संक्रमित फेला परेको जानकारी दिनुभयो ।
‘¥यान्डम स्याम्पलिङ’मा आएका ९८.४६ प्रतिशत, उनीहरुको सम्पर्कमा आएका व्यक्तिको स्याम्पलमा ९५.८६ प्रतिशत नेगेटिभ रिपोर्ट आएको छ । प्रतिनिधित्वमूलक जाँचमै धेरै जना संक्रमित फेला परेपछि कोरोना समुदायमा फैलिएको विश्वास गरिएको हो । जसका कारण बाँकेमा गएको शनिबारदेखि निषेधाज्ञा लगाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !