भीटीएम अभाव !

नेपालगञ्ज – बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भीटीएम अभाव देखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य कार्यालयबाट पर्याप्तमात्रामा भीटीएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले वडाध्यक्ष सहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करिब दुई सय जनालाई स्वाब संकलनका लागि मंगलबार कार्यालयमा बोलाएकोमा स्वास्थ्य कार्यालय बाँकेबाट ८० मात्रै भीटीएम उपलब्ध भएको थियो । उपमहानगरपालिकाले १ सय २० किट भीटीएम आफैले खरिद गरि संक्रमित ब्यक्तिका घर परिवारका सदस्य र उनीहरुको सम्पर्कका आएका ब्यक्तिहरुको स्वाब संकलन गरिएको जनाएको छ ।
जनप्रतिनिधि, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका घरपरिवारका सदस्य गरि १ सय ९८ जनाको स्वाब संकलन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !