शंका लागेर जाँच्दा कोरोना देखिएकी महिला डिस्चार्ज

नेपालगञ्ज – धनगढीबाट आएपछि कोरोना शंका लागेर जाँच्न जादा कोरोना पुष्टि भएकी नेपालगञ्ज–१८, कारकादोकी २६ वर्षीया महिलासहित तीन जना डिस्चार्ज भएका छन् ।
कारकादोकी महिला धनगढीबाट आएको १२ दिनपछि कोरोना जाँच्न पुगेकी थिइन् । कोरोना पुष्टि भएपछि खजुरास्थित कोरोना विशेष अस्पतालमा राखिएको थियो । उनीसहित राप्तीसोनारी वडा नं. ८ की महिला र वडा नं. २ का पुरुष पनि डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, हालसम्म बाँकेमा कोरोना जितेर ३ सय ९४ जना घर गएका छन् । कोरोना संक्रमितको संख्या ४ सय ७० पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !