६ जना प्रहरीलाई कोरोना, वडा प्रहरी कार्यालय ‘सील’

नेपालगञ्ज – वडा प्रहरी कार्यालय, नेपालगञ्जका ६ जना प्रहरीलाई कोरोना भएपछि कार्यालय ‘सील’ गरिएको छ ।
नेपालगञ्ज कारागार परिसरमा गएर स्वाव दिएका वडा प्रहरी कार्यालयका ६ जना प्रहरीमा कोरोना देखिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतले जानकारी दिनुभयो । मंगलबार भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको १४ जनामध्येमा सात जना नेपालगञ्ज कारागारका कैदी, ६ जना वडा प्रहरीका प्रहरी र लमही दाङका एकजना छन् ।
जिल्ला स्वास्थ्य कार्यालयबाट पठाइएको लिष्टमा सात जना कैदी, पाँच जना कारागारका प्रहरी, एकजना वडा प्रहरी कार्यालयका प्रहरी र लमही दाङका एकजना भनिएको छ । स्वाव दिंदा भरिने फाराम भर्दा ठेगानामा झुक्किएको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !