संक्रमित वडाध्यक्ष भन्छन्, ‘म ठिक छु’

नेपालगञ्ज – कोरोना देखिएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्ने शुभेच्छुकलाई खजुरास्थित आइसोलेसन अस्पतालबाटै सन्देश पठाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको प्रवक्तासमेत रहेका अध्यक्ष रिजालले भन्नु भएको छ, ‘वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो । हाल खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । म ठिक छु । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।’
वडाध्यक्ष रिजाललाई कोरोना संक्रमण देखिएको समाचारहरु आउने बित्तिकै सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामना गरिएको छ । केही दिनदेखि ज्वरो आएका वडाध्यक्ष रिजाललाई १६ गते स्वाव लिएर परीक्षण गर्दा आज कोरोना पुष्टि भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !