थप ११ जनामा कोरोना

नेपालगञ्ज – बाँकेमा थप ११ जनामा कोरोना देखिएको छ । आज विहान नेपालगञ्जका दुई जनासहित नौ जनालाई कोरोना पुष्टि गरिएको थियो । त्यसमा सात जना रुकुम पूर्वका थिए ।
भेरी अस्पताल, नेपालगञ्जले दिउँसो २.३० बजे सार्वजनिक गरेको विवरणमा नेपालगञ्जको ४, १०, १४, १७ र २० नम्बर वडामा कोरोना देखिएको छ । कोरोना देखिनेमा एकजना महिला र दश जना पुरुष रहेका छन् ।
नेपालगञ्जमा केही दिनयता धमाधम कोरोना संक्रमित फेला परिरहेका छन् । समुदायस्तरमा कोरोना फैलिएको निष्कर्ष निकालेर स्थानीय प्रशासनले गरेको तीन दिने निषेधाज्ञाको आज दोस्रो दिन हो ।


error: यो सुविधा उपलब्ध छैन !