वडाध्यक्ष र अधिकृतलाई कोरोना

नेपालगञ्ज – नेपालगञ्जका एकजना वडाध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृतलाई कोरोना देखिएको छ ।
साउन १६ गते नेपालगञ्ज उपमहानगरपालिकामा गरिएको स्वाव संकलनको रिपोर्ट आउदा एकजना वडाध्यक्ष र अधिकृतमा कोरोना पुष्टि भएको हो ।
वडाध्यक्षलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो । उपमहानगरपालिकाका अधिकृतलाई कुनै लक्षण देखिएको थिएन । कोरोना पुष्टि भएपछि दुवै जनालाई खजुरास्थित क्यान्सर अस्पतालमा लगिएको छ ।
यसैबीच, आज सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का एकजना डिस्चार्ज भएका छन् । उनलाई घर पठाउने तयारी भएको छ ।
बाँकेमा ४ सय ४६ जनामा कोरोना देखिएको छ । ३ सय ८८ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !