दुई चिकित्सक, अदालतका पाँचसहित १२ जनामा कोरोना
नेपालगञ्ज – बाँकेमा चिकित्सकदेखि अदालतका कर्मचारीमा कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा दुई जना चिकित्सक, अदालतका पाँच जनासहित १२ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका अनुसार, बाँके जिल्ला अदालतका थप पाँच जना, राँझास्थित आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, खजुराका एकजना, टीकापुर घर भएका चिकित्सकसहित दुई जना र अर्का एकजना रहेका छन् ।
समुदायमा कोरोना देखिएपछि बाँके प्रशासनले आइतबारदेखि नै तीन दिन निषेधाज्ञा जारी गरेको छ । प्रशासनले कोरोना देखिएको ठाउँलाई सील गर्नका लागि सम्बन्धित पक्षहरुसँग छलफल गरिरहेको छ ।