सिडिओले किन बोलाए त्रिभुवनचोक एरियाका जनप्रतिनिधिलाई ?

नेपालगञ्ज – बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नेपालगञ्जको त्रिभुवनचोक एरियाका वडाध्यक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको छ ।
त्रिभुवनचोक एरिया ३, ८ र ११ नम्बरमा पर्छ । यी तीन वटा वडाका जनप्रतिनिधि र नेपालगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारीलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले कोरोना पोजिटिभ देखिएको ठाउँलाई सील गर्ने विषयमा छलफल गरिरहनु भएको छ ।
जनप्रतिनिधि र संघका पदाधिकारीको राय लिएर अघि बढ्ने प्रशासनले तयारी गरेको छ । यसअघि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसेको थियो । बैठकले आज साँझसम्ममा आउने यी वडाको थप स्याम्पसको रिपोर्ट हेर्ने र संक्रमित बढेमा निषेधाज्ञा सकिएलगत्तै निश्चित एरिया सील गर्ने कुरा भएको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले जानकारी दिनुभयो ।
बाँकेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले समुदायमा कोरोना देखा परिसकेकाले कोर एरियालाई सील गरेर जानु पर्ने धारणा राख्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !