थुनुवालाई पनि कोरोना

नेपालगञ्ज –  नेपाली सेनाका अफिसर र सिपाही , नेपाल प्रहरी र थुनुवालाई पनि कोरोना भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले आइतबार सार्वजनिक गरेको विवरणमा इलाका प्रहरी कार्यालय, कोहलपुरमा रहेका थुनुवा, जिल्ला अदालतमा कार्यरत प्रहरी र आर्मी अस्पतालमा कार्यरत अफिसर र दुई जना सिपाहीलाई समेत कोरोना देखिएको हो ।
आर्मी अस्पतालका अफिसर, जिल्ला अदालतका अफिसर, गाडी चालक, कार्यालय सहयोगी र भारतबाट आएका खजुराका युवामा कोरोना देखिएको छ । बाँके जिल्लाका सात जना र बाहिरबाट आएर यहाँ कार्यरत दुई जनामा कोरोना पुष्टि भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
संक्रमित नौ जनामध्येमा पाँच जनालाई नेपालगञ्जको आदर्शनगर, दुई जनालाई खजुरा, एक जनालाई आन्तरिक राजश्व र आर्मीको अफिसरलाई धरानको आइसोलेसनमा पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !