‘कोर एरिया सील’ गर्दै प्रशासन !

 

नेपालगञ्ज – प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले समुदायमा कोरोना देखिएको ठाउँलाई ‘सील’ गर्ने तयारी गरेको छ ।
डीसीसीएमसीको आज (आइतबार) बस्ने बैठकले उक्त निर्णय गर्ने आकलन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोर एरिया सील गर्नुपर्ने अवस्था आएको बताउनुभयो । ‘हामी बैठक बस्दैछौं, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, कोरोना फैलिएको ठाउँलाई सील गरेर जाने तयारीमा छौं ।’
नेपालगञ्जको त्रिभुवनचोकको दाया–बाया, एकलैनी, आन्तरिक राजश्व कार्यालय आसपास र खजुराका केही ठाउँलाई सील गरेर जानुपर्छ कि भनेर अधिकारीहरुले छलफल गर्दैछन् । पोजिटिभ केस देखिएको ठाउँलाई फोकस गरेर सील गर्ने र अरु ठाउँका जनतालाई दुःख नदिने रणनीति बन्न थालेको बुझिएको छ । जस्तो, त्रिभुवनचोक आसपास, एकलैनी, आन्तरिक राजश्व कार्यालय र खजुराका केही स्थानलाई फोकस गरेर सील गरियो भने त्यहाँका बासिन्दालाई निश्चित समय खाद्यान्नलगायत सामाग्री खरिद गर्न जान दिने र घरमै बस्न लगाउने तथा बाहिरका मानिसलाई त्यहाँ जान दिइदैन ।
बाँके प्रशासनले तीन दिने निषेधाज्ञा जारी गरेको छ । यस्तोमा भोली परेको रक्षाबन्धनलाई मध्यनगर गर्दै निजी सवारी साधन चल्न दिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !