पाँच जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा शनिबार पाँच जना डिस्चार्ज भएका छन् ।
कोरोनाको संक्रमण देखिएपछि खजुरास्थित क्यान्सर अस्पतालमा राखिएका खजुराका पाँच जना डिस्चार्ज भएका हुन् । उनीहरु खजुरा गाउँपालिका वडा नं. ३, ४ र ६ नम्बरका वडाका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा हालसम्म ३ सय ८६ जना डिस्चार्ज भइसकेका छन् । अहिले बाँकेको आइसोलेसनमा बाँकेका ४९ जना र बाहिरी जिल्लाका नौ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !