शनिबार जनमतको त्रैमासिक रक्तदान

नेपालगञ्ज – नेपालगञ्जबाट विगत ३९ वर्षदेखि प्रकाशित हुंदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आयोजनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
जय बागेश्वरी सिमन्ट उद्योग प्रा. लि., गनापुर नेपालगञ्ज बाँकेको सहकार्यमा स्थानीय सुर्खेतरोड स्थित स्वस्तिक कटेजमा उक्त रक्तदान कार्यक्रम हुन लागेको हो । जनमत अद्र्ध साप्ताहिक पत्रिकाले आफ्नो रजत वार्षिकोत्सव २०६३ साल बैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरि रगतको अभावमा छट्पटाइरहेका गरीब, असहाय र दूरदराजबाट आउने बिरामीहरुलाई लक्षित गरेर रक्तदान महादानको पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो यो ४६ औं श्रृङ्खला हो ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार, कोरोना भाइरसका कारण रगतको अभाव भइरहेको अहिले अवस्थामा व्यक्तिगत दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म करीब तीन हजार भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको सम्पादक पूर्णलाल चुकेले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !