चार ग्राम ब्राउनसुगरसहित छोटु पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले चार ग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित एकजनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३, गौरीपुरुवामा लागु औषधको कारोबारको भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले छोटु लोनियालाई चार वटा पुडिया बनाई राखेको चार ग्राम ब्राउनसुगरजस्तो धुलो देखिने पदार्थसहित पक्राउ गरेको जनाएको छ ।
लागु औषध नियन्त्रण ब्यूरो र प्रहरीको टोलीले छोटुलाई समातेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले दुई वटा मोटरसाइकलमा ल्याइरहेको १४ पोका कुर्ता सुरुवात र १९ थान काँचो कपडा बरामद गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !