कोरेक्ससहित तीन जना पक्राउ

नेपालगञ्ज – वडा प्रहरी कार्यालय, नेपालगञ्जको गस्तीटोलीले ३६ सीसी कोरेक्ससहित तीन जनालाई पक्राउ गरेको छ ।
गस्तीका क्रममा राती साढे नौ बजे डुडुवा गाउँपालिकाको चौधरीपुरुवामा पुगेको प्रहरीले चेकजाँचका क्रममा स्थानीय अर्जुन चौहान, कल्लु चौहान र अजय बर्मालाई ३६ सीसी कोरेक्ससहित पक्राउ गरेको जनाएको छ ।
कोरोना कहरबीचमा बाँकेमा लागु औषधीको कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीले दैनिकजसो नै लागु औषधीसहित कोही न कोहीलाई पक्राउ गरिरहेको छ । नेपालगञ्ज जमुनाहा नाकामा कडाई भएपछि कारोबारीहरुले छोटी नाका रोजेको देखिन्छ । लागु औषधीसँगै सूर्तीजन्य पदार्थको तस्करी भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !