कारागारका थुनुवा र प्रहरी डिस्चार्ज

नेपालगञ्ज – नेपालगञ्ज कारागारका थुनुवा र प्रहरी डिस्चार्ज भएका छन् ।
शरीरमा रगतको कमी देखिएपछि भेरी अस्पताल, नेपालगञ्जमा उपचार गर्न दुई रात बसेका नेपालगञ्ज–६ का २८ वर्षीय थुनुवा र डिउटीमा रहेका सुर्खेत गुर्भाकोटका ३० वर्षीय प्रहरीलाई कोरोना देखिएको थियो ।
कोरोना देखिएका थुनुवा र प्रहरीलाई खजुरास्थित क्यान्सर अस्पतालमा राखिएको थियो । दुवै जना बिहीबार डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेबाट यी दुईसहित बिहीबार पाँच जना डिस्चार्ज भएका छन् । पाँचै जना खजुरास्थित क्यान्सर अस्पतालमा बसेका थिए । डिस्चार्ज हुनेमा एकजना बर्दियाका पनि रहेका छन् ।
अब नेपालगञ्जको आइसोलेसनमा बाँकेका २२ र बाहिरीका दुई जना छन् ।


error: यो सुविधा उपलब्ध छैन !