मास्क बाँड्दै प्रहरीले भने, ‘भोलीदेखि लगाउनुहोला’

नेपालगञ्ज – बाँके प्रहरीले सडकमा बसेर मास्क वितरण गरेको छ ।
सामुदायिक प्रहरीको अगुवाईमा प्रहरीले धम्बोझीचोकमा बसेर मास्क वितरण गरेको हो । लकडाउन अन्त्य भएपनि कोरोनाको जोखिम बढिरहेकाले प्रहरीले मास्क वितरण गर्दै सामाजिक दुरी कायम गर्न र सेनिटाइनजरको प्रयोग गर्न जनचेतना बढाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, प्रहरी प्रमुख एसपी ओमबहादुर राना, सशस्त्रका एसपी दीपक अधिकारीको उपस्थितिमा प्रहरीले सडकमा मास्क नलगाई हिडेकालाई मास्क दिएको हो ।


मास्क खोइ ?, प्रहरीले मास्क नलगाएका व्यक्तिलाई रोकेर मास्क दिदै भनेको छ, ‘लिनुस्, मास्क । भोलीदेखि मास्क लगाएर हिड्नु होला, नत्र कारबाही हुन्छ ।’
बाँके प्रहरीले केही दिन यसरी जनचेतना बढाउने र त्यसपछि कारबाहीको चरण अघि बढाउने रणनीति बनाएको छ ।
नेपालगञ्ज बजारमा मास्क नलगाई हिड्नेहरु बढ्दै गर्दा जोखिम बढाएको छ । त्यसो त नेपालगञ्जमा क्वारेन्टाइनमा नबसेका व्यक्तिमा कोरोना देखा परिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !