बाँकेमा तीन जना थपिए

नेपालगञ्ज – बाँकेमा तीन जनामा कोरोना देखिएको छ ।
नेपालगञ्ज–१८ का एक, राप्तीसोनारी वडा नं. २ र ८ का एक÷एक जनामा कोरोना देखिएको हो । पछिल्लो दिनमा बाँकेमा दैनिकजसो नै संक्रमित देखिरहेको छ । जिल्लामा संक्रमितको संख्या ३ सय ९६ जना पुगेको छ । त्यसमा २६ जना निको हुन बाँकी रहेको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बुधबार बर्दिया र सल्यानका दुई÷दुई जनामा कोरोना देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !