घरमै बसेकी महिलालाई कोरोना

नेपालगञ्ज – नेपालगञ्जमा घरमै बसेकी महिलालाई कोरोना देखिएको छ ।
१२ दिन अघि धनगढीबाट नेपालगञ्ज आएकी २६ वर्षीया महिलामा कोरोना देखिएको हो । नेपालगञ्ज–१८, कारकादोकी ती महिला कोरोना आशंका लागेर आफै स्वाव दिन पुगेकी थिइन् । उनको रिपोर्ट पोजिटिभ आएको छ ।
धनगढीबाट आएपछि उनी घरमा छुट्टै कोठामा बसेको बुझिएको छ । लकडाउनको शुरु शुरुमा बाहिरबाट नयाँ मान्छे आउने बित्तिकै टोलवासीले प्रहरी वा नगरपालिकामा खबर गरेर उसलाई क्वारेन्टाइनमा पठाउने गर्दथे । अहिले त्यो हटेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले महिलाका घरपरिवारलाई स्वाव परीक्षण गरिने बताउनुभयो । पोजिटिभको सम्पर्कमा आएका व्यक्तिलाई ५ देखि दश दिनभित्र परीक्षण गरिन्छ । सात दिनभित्र परीक्षण गर्नुलाई राम्रो मानिन्छ ।
बाहिरबाट आएका व्यक्तिले तत्काल परीक्षण गर्ने वा क्वारेन्टाइनमा बसिदिंदा राम्रो हुने जानकारहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !