४३ करोड हिनामिना भएको सहकारीका अध्यक्ष चौधरी पक्राउ

नेपालगञ्ज – सहकारी बित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेका छन् ।
४३ करोड बढी हिनामिनाका प्रतिवादीमध्येका चौधरी केही महिनादेखि फरार रहेका थिए । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले चौधरीलाई जमुनाहाबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
सहकारीमा ४१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । त्यसमध्येमा सहकारीका ६ जना पुर्पक्षका लागि थुनामा छन् । २७ जना अदालतमा हाजिर भएका थिए । सात जना फरार थिए । त्यसमध्येमा सञ्चालक समितिका अध्यक्ष चौधरी पक्राउ परेका छन् ।
सहकारी पीडितहरुले लगातार आन्दोलन गरेर दबाब बढाइरहेका थिए । लामो समयसम्म मिलाउने कोसिस गरेका चौधरी कुरा नमिल्ने देखेपछि फरार भएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !