तीन दिन रुपैडिहा ठप्प

नेपालगञ्ज – कोरोना भाइरस रोकथामका लागि भन्दै उत्तर प्रदेश शासनको आदेशमा आदर्श थाना रुपैडिहा, बहराइचले तीन दिन बजार, यातायात ठप्प हुने जनाएको छ ।
थानाका प्रभारी निरीक्षकले हस्ताक्षर गरेर जारी गरेको सूचनामा २६ गते (आज) राती दश बजेदेखि २९ गते विहान ५ बजेसम्म बजार, हाट, दुकान, निजी वाहन, सामान्य आवागमनमा प्रतिबन्ध लगाइएको छ ।
चिकित्सा सेवा, मेडिकल स्टोर, रोडवेज बसमात्रै पूर्ववत सञ्चालनमा रहने जनाइएको छ । प्रभारी निरीक्षकले सबै व्यक्तिलाई घरमा बस्न अनुरोध गरेका छन् । सूचनामा भनिएको छ, ‘सबै जना घरमै बसौं । मास्क लगाऔं र सरसफाईमा ध्यान दिऊ । आसपासमा सफाई राखौं । सामाजिक दुरी कायम गरौं, सेनिटाइनजरको प्रयोग गरौं ।’ रुपैडिहा ठप्प हुने भएकाले भारतबाट नेपाल आउनेहरु पनि रोकिने आकलन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !