यसरी गरियो राप्ती नदीमा डुबेकाको उद्धार

नेपालगञ्ज – तीन जना मानिस राप्ती नदीको बाढीमा फसेको सूचना आयो । जिल्ला विपद व्यवस्थापन समितिले तीन वटा सुरक्षा निकायलाई परिचालन ग¥यो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिम प्राप्त टोली नदीमा पुग्दा दुई ठाउँमा तीन जना डुवानमा परिरहेका थिए । बोट लगेर उनीहरुको उद्धार गरियो । नदी किनारमा सकुशल ल्याइयो । घाइते भएकालाई रेडक्रसको टोलीले उपचार ग¥यो ।


त्यही बेला फेरि अर्को सूचना आयो, एक बालक नदीमा बेपत्ता भएका छन् । गोताखोर परिचालन गरियो । केहीबेरको खोजबिन पनि गोताखोरले बालकलाई भेटायो ।
यी सबै गतिविधि बाढी कृत्रिम घटना अभ्यास थियो । जिल्ला विपद व्यवस्थापन समितिले शुक्रबार राप्ती नदीको सिधनियामा गरेको थियो । बाढी आएमा डुबेकाको कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको थियो ।


नेपाली सेनाका जर्नेल सुरेश बानिया, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपाल प्रहरीका एसपी ओम राना, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, राष्ट्रिय अनुसन्धान, नेपालगञ्जका प्रमुख कमल भट्टराई, रेडक्रसका गोवद्र्धनसिंह सम्झनालगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थितिमा बाढी कृत्रिम घटना अभ्यास गरिएको थियो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले ठूलो बाढी आइहालेमा डुवानमा परेकाहरुलाई कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरेको बताउनुभयो । विपत कुनै पनि बेला पर्न सक्ने भएकाले सुरक्षा निकायलाई तयारीमा अवस्था राख्न यस्ता अभ्यासहरु गरिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !