दुई आइसोलेसन सेन्टर बन्द, ६ वटा खाली

नेपालगञ्ज – कोरोना संक्रमितको संख्या कम भएपछि बाँकेमा स्थापना गरिएका आइसोलेसन सेन्टरहरु आधिकारिक रुपमै बन्द गर्न थालिएको छ ।
संक्रमितलाई शुरुवातमा राख्ने ठाउँ नहुँदा लायन्ससम्बद्धको उद्धारतापछि बनाइएको लायन्स डेन्टल अस्पतालको आइसोलेसन सेन्टर आधिकारिक रुपमै बन्द गरिएको हो । शुरुवातका संक्रमितलाई राख्ने ठाउँ नहुँदा लायन्स डेन्टल अस्पतालमा राखिएको थियो । त्यहाँ प्रायः नरैनापुरका बिरामी बसेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कृषि तालिम केन्द्र, खजुराको आइसोलेसन सेन्टर पनि बन्द गरिएको जानकारी दिनुभयो । बाँकेमा १२ वटा आइसोलेसन सेन्टरमध्येमा अहिले पाँच वटामात्रै संक्रमित छन् । अरु आइसोलेसन सेन्टर खाली भएपनि बन्द गरिसकिएको छैन ।
जिल्लामा अहिले २२ संक्रमित रहेका छन् । खजुराको क्यान्सर अस्पतालमा ६ जना, कृषि विकास तालिम केन्द्र पिपिरीमा ८ जना, आदर्शनगरको आइसोलेसन सेन्टरमा ६ जना, बैजनाथ र फत्तेपुरमा एक÷एकजनालाई राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !