कुटाकुटमा वडाध्यक्षसहित १७ घाइते

नेपालगञ्ज – बाँकेको नरैनापुरमा आलीको विषयमा कुटाकुट हुँदा वडाध्यक्षसहित १७ जना घाइते भएका छन् ।
नरैनापुर गाउँपालिकाको वडा नं. १, बनियागाउँमा आलीका विषयमा वडाध्यक्ष मोलही बेहना शेष र इसाद जोलाहका बीचमा भएको विवाद कुटाकुटमा परिणत भएको थियो । दुई पक्षका बीचमा भएको कुटाकुटमा १७ जना घाइते भएका छन् । एउटा पक्षको १० र अर्को पक्षको सात जना घाइते भएका छन् ।
घाइतेहरुको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । सबैजसोको अवस्था सामान्य रहेको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !