अनुगमनको भत्ता कृषिमा

खजुरा – खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७-०७८ को बजेट संशोधनसहित पारित भएको छ ।
असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज बिहीबार बसेको सभाले पारित गरेको हो ।
वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले राखेको संशोधनसहित बजेट सर्बसम्मतले पारित गरेको थियोे । बजेट छलफलमा सभामा अतिउल्लाह खाँ, देउमाया थापा, हजुरा बम, जगबहादुर कामी, झुमा योगीले भाग लिँदै सुझाव दिएका थिए ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले सभा सञ्चालन गर्दै सभासदले राखेको जिज्ञासा मेटाएका थिए । प्रमुख कक्षपतिले खजुरा गाउँपालिकामा निर्वाचन ताका गरिएका एक सय एक बुँदा घोषणापत्रमा ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताउनुभयो ।
खजुराको बजेट आर्थिक वर्ष २०७७-०७८ मा ७६ करोड ३६ लाख ७३ हजार ४८७ रहेको छ । यसैबीच खजुरा गाउँपालिकाको सातौं गाउँ सभामा सभासद देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित हुँदै उक्त रकम कृषिमा लगानी गरिने भएको छ । ५ लाख सम्मका योजनाको अनुगमन वडा अध्यक्षको संयोजकत्वमा गरिने भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !